धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सप्तकोशी १ सप्तरीका ५० बर्षीय पुरुष छन् । दीर्घरोगी रहेका उनलाई बैशाख १३ गते संक्रमण पुष्टि भएको थियो सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान सवा ५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।