धरान: धरानमा दिनहुँ कोरोना सक्रमणको वृद्धि बढ्दो छ । मंगलबार साँझ मात्र ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ । 

महाशाखा प्रमुख उमेश मेहताका अनुसार ५४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ भने ३ जनाको एन्टिजेन परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । एन्टिजेन पोजेटिभ आएकामध्ये ३ जना धरान उपमहानगरपालिकाका कर्मचारी हुन् । उनीहरुमा २ जना सवारी चालक हुन् भने एक जना कार्यालय सहयोगी हुन् ।

एन्टिजेन रिपोर्ट पोजेटिभ आएको व्यक्ति पनि संक्रमितमै गणना हुन्छ । योसँगै धरानमा कोभिड १९ को दोस्रो लहर आएयता बैशाख १ गते यता संक्रमितको संख्या ३५७ जना पुगेको छ । समुदायस्तरमा नै संक्रमण फैलिएको भन्दै धरान उपमहानगरपालिकाले बुधबारदेखि आकस्मिक सेवाबाहेक अन्य सम्पुर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिसकेको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि जिल्लाभर बैशाख ३१ गतेको लागि मंगलबार राती १२ बजेदेखि लकडाउन आदेश जारी गरिसकेको छ ।