धरान: कोरोना संक्रमण तीब्रदरमा बढ्दै गएपछि लकडाउन गरिएको सुनसरीमा काठमाण्डौंलगायत अन्य जिल्ला वा भारतबाट लुकीछिपी आएकाहरुलाई निगरानी गरि क्वारेन्टिनमा राखिने भएको छ । 

डिसिसिएमसि बैठकले कोरोना रोकथान तथा नियन्त्रण गर्नको लागि यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले त्यस्ता व्यक्तिहरुलाई स्थानीयस्तरमा निगरानी राखेर क्वारेन्टिनमा राख्न व्यवस्थाको लागि जिल्लाको सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ । 

यस्तै, स्थानीय तहहरुले तयार पारेको आइसोलेसन सेन्टरमा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने र सेन्टरहरुमा समन्वयको व्यवस्था नेपाल प्रहरीले गर्ने पनि बैठकले निर्णय गरेको छ । सोही बैठकले रामधुनी नगरपालिकालाई आइसोलेसन सेन्टर सञ्चालन गर्न झुम्कास्थित कृषि तालिम केन्द्रको भवन उपलब्ध गराइदिन अनुरोध गर्ने पनि निर्णय भएको छ । 

dccmc 1