धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित युवाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सिरहाको गोलबजार ६ का २९ बर्षीय युवा रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार आज बिहान सवा ११ बजे कोभिड अस्पतालमा संक्रमितको मृत्यु भएको थियो । मृतक नोबेल मेडिकल कलेजबाट रिफर भएका थिए । 

उनलाई बैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । मृतकको शव व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।