मोरङ: बर्षासँगै आज बिहान परेको चट्याङमा परी मोरङमा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । 

आज बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोलाका ३० बर्षीय प्रबिन माझीको चट्याङमा परी मृत्यु भएको हो । उनी बारीमा काम गरिरहेको अवस्थामा चट्याङ्ममा परी गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागि रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । 

यस्तै, बिहान साढे ९ बजे मोरङकै जहदा गाउँपालिका ६ पोखरियाका  ४५ बर्षीय मुक्तर मिया अन्सारी र उनको श्रीमती २६ बर्षीया जाननारा खातुनलाई आफ्नै घरमा बसिरहेको बेला चट्याङको झट्का लागेर घाईते भएका छन् । उनीहरुको कोशी अस्पताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।