धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमा झापा, मोरङ र सुनसरीका तीनै जना पुरुष छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार गए राती १२ बजे विर्तामोड ५ झापाका ६२ बर्षीय वृद्धको मृत्यु भएको हो । उच्चरक्तचाप, मधुमेहलगायत दीर्घ रोग भएका उनलाई बैशाख २३ गते संक्रमण पुष्टि भएको थियो भने उनी सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । 

यस्तै, मोरङको विराटनगर ८ का ५८ बर्षीय पुरुषको पनि हिजो राती ७ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । कोभिड पोजेटिभ भएपछि नोबेल मेडिकल कलेजबाट रिफर भएका उनलाई बैशाख १० गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनी पनि उच्च रक्तचापका विरामी थिए । 

यस्तै, सुनसरीको इटहरी २ का ५८ बर्षीय पुरुषको पनि गए राती मृत्यु भएको छ । उनको राती १० बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । उनलाई बैशाख १९ गते संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई कोभिड अस्तालमा भर्ना गरिएको थियो । तीनै जनाको शवलाई नियम अनुसार व्यवस्थापन गर्ने कार्य भइरहेको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए ।