धरान: धरान १६ मा डेरा बस्दै आएका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्प्पतालमा उपचारको क्रममा ४१ बर्षीय पुरुषको आज मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उनको आज बिहान ९ बजेर ४ मिनेटमा मृत्यु भएको थियो । मृतक बैशाख २० गते प्रतिष्ठानमा भर्ना भएका थिए भने २१ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

मृतक वडा नं १६ स्थित स्वामी चोकभन्दा केही घर मास्तिर परिवारसहित डेरामा बस्थे । उनको खास घर सप्तरी हो । उनी जनकपुरस्थित ससुरालीमा सालीको बिहेमा सहभागी भएर धरान फर्किए पछि संक्रमण देखिएको जानकारी प्राप्त भएको वडा नं १६ का सदस्य दिपक आचार्यले जानकारी दिए ।