धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । 

मृत्यु हुनेमा छ थर जोरपाटी ४ धनकुटाका ७७ बर्षीय पुरुष रहेको प्रतिष्ठानले जानकारी दिएको छ । उनको आज बिहान ११ बजे उपचारको क्रममा कोभिड अस्पतालमा मृत्यु भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । 

मृतकलाई बैशाख १९ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो भने २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।  उनको शव नियम अनुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।