धरान : धरानमा थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

धरान वडा न. १ पुरानो बजारका ७० बर्षका संक्रमित वृद्धको मृत्युु भएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताका अनुसार बृद्धको मंगलबार दिउँसो साढे ३ बजे बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा मृत्यु भएको हो । मृतकलाई मंगलबार नै प्रतिष्ठानमा उपचारको लागी इमर्जेन्सीमा  भर्ना गरिएको थियो ।

उनको मृत्यु दिउसो साढे ३ बजे भए पनि  पिसिआर रिपोर्ट भने राति ७ बजेर २५ मिनेटमा मात्र आएको मेहताले जानकारी दिए । मृतक पेट, स्वासप्रश्वासको दीर्घ रोगी थिए । मृतकको शवको ब्यवस्थापन नियम अनुसार भइरहेको जनाएको छ ।