धरान: सुनसरीमा बैशाख ३१ गते मध्यरातीदेखि जेठ १५ गतेसम्म लकडाउन थपिएको छ । तर, यो लकडाउनलाई झन कडाई गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनएको छ । 

बैशाख ३१ गते राती १२ बजेदेखि थप गरिएको लकडाउन अवधिमा औषधी खरिद र उपचारको लागि बाहेक घरबाट बाहिर निस्कन पाइनेछैन भने यो अवधिमा खाद्यान्न, तरकारी, फलफुल, डेरी तथा मासुजन्य पसलहरुसमेत पुर्णरुपमा बन्द गरिने निर्णय गरिएको जिल्ला प्रशासनले जनाएको छ । औषधी र स्वास्थ्य सामग्री तथा इन्धन व्यवसाय सम्बन्धी पेट्रोल पम्प र एलपी ग्याँस मात्र मात्र खोल्न पाइनेछ । यसैगरि, होटल तथा रेष्टुरेष्टहरु पनि पुर्णरुपमा बन्द गरिने प्रशासनले जनाएको छ । lock-notice

lock-notice1