धरान: धरानमा आज थप एक जना कोरोना संक्रमित युवतीको मृत्यु भएको छ ।
मृृत्यु हुने धरान ८ की ३४ बर्षीय युवती हुन् । उनको उपचारको क्रममा आज बिहान साढे ५ बजे मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । मृतकलाई केही दिनदेखि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
यसैगरि, धरानमा आज थप ७६ जना संक्रमित थपिएका छन् । ती मध्ये ४४ जना पिसिआर परीक्षणबाट पोजेटिभ रिपोर्ट आएका हुन् भने ३२ जना एन्टिजेन परीक्षणबाट पोजेटिभ रिपोर्ट आएका हुन् । दोस्रो लहर शुरु भएपछि पोजेटिभ रिपोर्ट आउनेको संख्या ८८७ जना पुगेको पनि मेहताले जानकारी दिए ।