धरान: कोरोना सक्रमणले आज धरानका थप एक युवाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धरान वडा नं १ का ३८ बर्षीय युवा रहेका छन् । उनको विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । 

मृतकलाई बैशाख २२ गते संक्रमण पुष्टि भएको थियो । उनको आज बिहान साढे ५ बजे मृत्यु भएको जानकारी आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । मृतकको शव व्यवस्थापनको लागि प्रमुख जिल्ला अधिकारीमार्फत समन्वय भइरहेको पनि उनले बताए । आजै बिहान बिहान धरान ८ की ३८ बर्षीय युवतीको पनि वीपी प्रतिष्ठानमा मृत्यु भएको थियो ।