विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ७५१ जना कोरोना संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितहरुमा ३०० महिला र ४५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा ३५१, सुनसरीमा २१२, झापामा ४४, धनकुटामा ४२, ते¥हथुममा २५, उदयपुरमा १४, इलाममा ४, संखुवासभामा २, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टा अवधिमा नै ८४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ११ हजार २६९ पुगेको छ ।
मोरङको विराटनगरमा ९६ महिला र १४९ पुरुष सहित २४५ जना थपिएका छन् भने सुन्दरहरैचामा ४९, बेलबारीमा १३, बुढीगंगामा ११, धनपालथान र रंगेलीमा ४–४, जहदा र रतुवामाईमा ३–३, सुनबर्षी, उर्लाबारी, ग्रामथान, पथरीशनिश्चरे र लेटाङमा २–२, कटहरीमा १ र स्थानीय तह नखुलेका ८ जना छन् ।
यसैगरि, सुनसरीको इटहरीमा १०८, धरानमा ४६, इनरुवामा २०, दुहवीमा १२, भोक्राहानरसिंहमा ७, बराहक्षेत्र र रामधुनीमा ४–४, गढी, देवानगञ्ज, बर्जु र कोशी गाउँपालिकामा २–२, स्थानीय तह नखुलेका ३ जना छन् । झापाको दमकमा ३६, गौरादह, मेचीनगर र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ५ जनमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यता, धनकुटाको चौवीसेमा १६, धनकुटा नगरपालिकामा १५, छथरमा ४, शहिदभूममिा ३, साँधुरीगढी, महालक्ष्मी, पाख्रिवास र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङमा १७, लालीगुराँसमा ७ र फेदापमा १, उदयपुरको त्रियुगामा ६, बेलकामा ५, उदयपुरगढी, चौदण्डीगढी र स्थानीय हत नखुलेका १–१ जना छन् ।
इलामको चुलाचुलीमा ३ र इलाम नगरपालिकामा १, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१, पाँचथरको मिक्लाजुङमा १, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ५५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४२ हजार ६०७ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ७११ संक्रमणमुक्त भएका छन् ।