धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजविराज ६, सप्तरीका ३१ बर्षीय युवा छन् । मधुमेहबाट पीडित रहेका ती युवाको आज दिउँसो १ बजेर ४५ मिनेटमा कोभिड अस्पतलमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।
मृतकलाई बैशाख २३ गते संक्रमण पुष्टि भएको थियो भने बैशाख २९ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।