धरान: धरानका कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धरान वडा नं ६ का ७५ बर्षीय वृद्ध रहेका छन् । उनको विराटनगरस्थित कोशी अस्पतालमा आज बिहानै मृत्यु भएको वडा नं ६ का अध्यक्ष भुवनसिंह बस्नेले जानकारी दिए । उनका अनुसार करिब १० दिनअघि मृतकलाई संक्रमण पुष्टि भएको थियो ।

वीपी प्रतिष्ठानमा पिसिआर पोजेटिभ आएको र उनलाई यहाँ भर्ना गर्न बेड अभाव भएपछि परिवारले विराटनगर लगेका थिए । मृतकलाई विराटनगरस्थित हाट खोला घाटमा दाहसँस्कार गरिएको पनि वडाअध्यक्ष बस्नेतले जानकारी दिए । धरानमा कोडिभ १९ महामारीको दोस्रो लहर शुरु भएयता मृत्यु हुनेको संख्या १७ पुगेको छ। ।