विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा आज १०२७ जना कोरोना संक्रमित थपिएका छन् ।
कुल २ हजार २२० जनाको पीसीआर परीक्षण गरिएकोमा ४३० महिला र ५९७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितहरुमा मोरङमा ४७२, झापामा २२८, सुनसरीमा १०२, इलाममा ४०, ताप्लेजुङमा २६ जना छन् भने संखुवासभामा २३, खोटाङमा १४, ओखलढुङ्गामा १०, ते¥हथुम र उदयपुरमा ८–८, धनकुटामा ३, भोजपुरमा २, पाँचथरमा १ जना छन् । प्रदेश १ बाहिरका पनि ९० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १२२ महिला र १५५ पुरुष सहित २७७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुन्दरहरैचामा ६०, रंगेलीमा ३९, उर्लाबारीमा २३, पथरीशनिश्चरेमा १८, केराबारीमा र बुढीगंगामा १२–१२, ग्रामथान ,बेलबारी, धनपालथान, कटहरी र जहदामा ४–४, सुनबर्षी, कानेपोखरीमा ३–३, , लेटाङ र रतुवामाईमा २–२ र स्थानीय तह नखुलेका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
झापाको विर्तामोडमा ४९, अर्जुनधारामा २७, भद्रपुरमा २५, झापा गाउँपालिकामा २४, दमकमा २३, कनकाईमा १८, शिवसताक्षीमा १५, मेचीनगरमा १४, हल्दिबारीमा १३, कमल गाउँपालिकामा ७, बुद्धशान्तिमा ६, कचनकवलमा ३, गौरादह र स्थानीय तह नखुलेका २–२ जना छन् । यता, सुनसरीको इटहरीमा ३२, धरानमा १७, देवानगञ्जमा १५, दुहवीमा १३, इनरुवामा ८, बराहक्षेत्रमा ५, गढी र स्थानीय तह नखुलेका ३, रामधुनी, बर्जु र भोक्राहानरसिंहमा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
इलामको सुर्योदयमा १९, इलाम नगरपालिकामा १०, रोङमा ७, माईमा ३, माङ्सेबुङमा १, ताप्लेजुङको फुङलिङमा २४, मौवाखोला र याङवरकमा १–१,संखुवासभाको खाँदबारीमा २२, मकालुमा १, खोटाङको साकेलेमा ११, खोटेहाङमा २ र दिप्रुङ चुईचुम्मा १, ओखलढुङ्गाको मानेभन्ज्याङमा ९, सिद्धिचरणमा १ जना छन् ।
यसैगरि, ते¥हथुमको म्याङलुङमा ६, आठराई र लालीगुराँसमा १–१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा २, ताप्ली , लिम्चुङवुङ र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका, छथर र स्थानीय तह नखुलेका १–१, भोजपुरको षडानन्द र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका ९० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४४ हजार २२५ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ८५६ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १२ हजार ७२१ पुगेको छ ।