धरान: धरानका बैंक तथा बित्तिय संस्थाहरुले सेवाग्राहीहरुलाई प्रत्यक्ष सेवा नदिने भएको छ । 

 लकडाउन भएर पनि सेवा सुचारु हुँदा सेवाग्राहीहरुको भिडभाड भएर संक्रमणको जोखिम बढेपछि आज उपमहानगरपालिकामा भएको छलफलले यस्तो निर्णय गरेको हो । बैंकहरुमा सेवाग्राही आएर प्रत्यक्ष लिने सेवा जेठ ७ गतेसम्मको लागि बन्द गर्ने निर्णय भएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । 

उनका अनुसार लकडाउन गरिए पनि बैंकहरुमा सेवा सुचारु हुँदा भिडभाड बढेको र बैंकहरु आफैले पनि जोखिम भएको भनेपछि प्रत्यक्ष दिदै आएको सेवा अहिलेलाई रोक्ने निर्णय भएको हो । तर, बैक तथा बित्तिय संस्थाहरुको इ सेवा, एटिएम सेवा भने बन्द नगरिने खतिवडाले बताए । ‘इ सेवा, एटिएम सेवा बन्द गरिएको होइन, सेवाग्राही आफै बैंकमा आएर लिने प्रत्यक्ष सेवालाई ७ गतेसम्म प्रवाह नगर्ने निर्णय भएको हो,’उनले भने । बैंकहरुको आन्तरिक काम भने सुचारु हुनेछ । 

bankers