धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमा उदयपुरको बेलका नगरपालिका ३ का ५५ बर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । उच्च रक्तचापका विरामी रहेकय उनलाई संक्रमण भएपनि बेलका नगर अस्पतालले रिफर गरेको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।

उनको गएराती १२ बजेर ३० मिनेटमा प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । मृतकलाई जेठ ३ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।