पाँचथर: पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ का ५८ बर्षीय पदम ध्वज नेम्वाङ स्थानीय निबु खोलाको दोभानमा मृत फेला परेका छन् । 

उनी बुधवार राती ९ बजे निबुखोलाको दोभानमा पानीमा डुवेर मृत अवस्थामा फेला परेको हो । घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

भिरबाट लडेर २ जनाको मृत्यु

सोलुखुम्बु र उदयपुरको दुई छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ५ का २८ बर्षीय सिताराम बस्नेतको उत्तिसे भिरबाट लडेर मृत्यु भएको हो । 

बुधवार दिउँसो गाई बस्तु चराउन गएका केही स्थानीयहरुले बस्नेतलाई भिर मुनी मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ। 

यसैगरी उदयपुरको कटारी नगरपालिका ८ मरुवाखानीकी २९ बर्षीया गिता बि.क.को घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ। बुधवार साँझ ६ बजेको समयमा मरुवाखानीको जंगलमा घाँस काट्ने क्रममा अचानक भिरबाट लड्दा बिकको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको छ ।

बेलिब्रिज बनाउने क्रममा कामदारको मृत्यु

 ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ रानीपुलमा नव निर्मित बेलिब्रिज बनाउने क्रममा १ जना कामदारको मृत्यु भएको छ । बुधवार अपरान्ह ५ बजेको समयमा काम गरिरहेको अवस्थामा अचानक चिप्लिएर लडेको र सोही क्रममा पुल लगाउन राखिएको फलाम समेतले किच्दा बारा सिमराका २६ बर्षीय श्याम सुन्दर चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो ।