धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित २८ बर्षीय युवाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सप्तरीको कञ्चनपुर ८ का २८ बर्षीय युवा रहेको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान करिब अढाई बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।

डा.पोखरेलका अनुसार मृतकलाई बैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो । उनलाई हिजो मात्रै प्रतिष्ठानमा भर्ना गरिएको पनि सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए । मृतकको शवलाई नियम अनुसार व्यवस्थापन गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।