धरान: धरानका बैक तथा वित्तिय संस्थाहरु जेठ १५ गतेसम्म नै सर्वसाधारणहरुको लागि प्रत्यक्ष सेवा बन्द हुने भएको छ । 

यसअघि हिजो जेठ ७ गतेसम्मको लागि बैंक तथा बित्तिय संस्थाहरुमा ग्राहकहरुलाई प्रत्यक्ष सेवा नदिने निर्णय भएको थियो । कोरोना संक्रमणको जोखिम यथावत नै रहेको कारण पुनः जेठ १५ गतेसम्म नै बैंक तथा बित्तिय संस्थाहरुमा ग्राहकहरुलाई दिइने प्रत्यक्ष सेवा बन्द गर्ने निर्णय गरिएको धरान उपमहानगरपालिकाले जनाएको छ । 

सुनसरीमा जिल्ला प्रशासन कार्यालयले पनि जेठ १५ गतेसम्म लकडाउन आदेश जारी गरेको छ । जसले गर्दा सर्वसाधारणहरुलाई हिडडुल गर्न प्रतिबन्ध छ भने बैंकहरुमा सेवा प्रवाह गर्दा भिडभाड हुने भएकोले सेवा रोक लगाइएको हो । एटिम सेवा, मोवाइल बैंकिङ सेवा भने सुचारु नै हुनेछ । 

notice 1