धरान: कोरोना संक्रमित धरानका एक वृद्धको मृत्यु भएको छ ।
प्रतिष्ठानका अनुसार धरान १५ का ८२ बर्षीय वृद्धको आज बिहान साढे ११ बजे मृत्यु भएको हो । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतक उच्च रक्तचापका विरामी थिए । उनलाई जेठ ४ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।