धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अक्सिजन प्लान्ट पुर्ण क्षमतामा सञ्चालन हुन नसकेकोले सिलिण्डरको उपलब्धताको आधारमा मात्र संक्रमित विरामी भर्ना लिने जनाएको छ । 

प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले शनिबार बेलुकी अत्यन्त जरुरी सुचना जारी गर्दै आफुसँग उपलब्ध भएको सिलिण्डरको आधारमा मात्र नयाँ विरामी भर्ना लिएर उपचार गर्ने जनाएको छ । प्रतिष्ठानले विरामीको उपचारमा चाहिने अक्सिजनको प्रत्याभुति गर्नसक्ने आफ्नो क्षमतासम्म विरामीलाई उपचार सेवा प्रदान गर्न कटिवद्ध रहेको पनि सुचनामा उल्लेख छ । 

प्लान्टमा प्राविधिक समस्याको कारण अक्सिजन पर्याप्त उत्पादन हुन नसकेको उल्लेख गर्दै उक्त सुचनामा विरामी उपचारमा चाहिने अक्सिजनलाई अक्सिजन उत्पादक कम्पनीहरुबाट सिलिण्डरमा भरेर आपूर्ति गरिरहेको पनि प्रतिष्ठानले जनाएको छ । 

BPKIHS-Notice