धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरीका एक संक्रमित युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी ४ का २४ बर्षीय युवा रहेको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान ९ बजेर १० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।
उनका अनुसार मृतकलाई जेठ १ गते संक्रमण पुष्टि भएको थियो भने २ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।