धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उदयपुर जिल्लाकी एक कोरोना संक्रमित युवतीको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका ११ की कोरोना संक्रमित ३४ बर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार आज दिउँसो २ बजे कोभिड अस्पतालमा मृत्यु भएको थियो । 

मृतकलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शवको व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।