धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान थप एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको सुन्दरहरैचा १० का ७२ बर्षीय वृद्ध रहेको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान ३ बजेर ५० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।

उनका अनुसार मृतक उच्च रक्तचाप र मधुमेहका विरामी थिए । उनलाई जेठ २ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन भर्ना गरिएको थियो । मृतकको शवको नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।