विराटनगर:  प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश १ मा कुल २ हजार ५१५ जनाको पीसीआर परीक्षण गरिएकोमा ४२९ महिला र ६०८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १८२ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ । यस्तै, सक्रिय संक्रमितको संख्या १८ हजार ९४१ पुगेको छ । थपिएका मध्ये मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, संखुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६७ महिला र ९२ पुरुष सहित १५९, सुन्दरहरैचामा ५०, बेलबारीमा ४१, रतुवामाईमा ३०, सुनबर्षीमा २१, कानेपोखरीमा १७, बुढीगंगामा १२, पथरीशनिश्चरेमा ७, कटहरीमा ६, धनपालथानमा ५, उर्लाबारी र जहदामा ४–४, ग्रामथानमा ३, मिक्लाजुङ र स्थानीय तह नखुलेका २–२, सुनबर्षी, केराबारी र रंगेलीमा १–१ जना छन् । यस्तै, सुनसरीको इनरुवामा १३७, भोक्राहानरसिंहमा ३९, धरानमा २३, इटहरीमा १७, हरिनगरमा १०, दुहवी र देवानगञ्जमा ८–८, रामधुनीमा ६, बर्जु र बराहक्षेत्रमा ४–४, गढीमा २ र स्थानीय तह नखुलेका १ जना रहेण्को मन्त्रालयले जनाएको छ । 

झापाको बुद्धशान्तिमा ४७, दमकमा २१, विर्तामोडमा २०, कनकाईमा १३, शिवसताक्षी र भद्रपुरमा १२–१२, अर्जुनधारामा ११, कमल गाउँपालिकामा १०, मेचीनगरमा ७, बा¥हदशी र कचनकवलमा ४–४, झापा गाउँपालिकामा ३, गौरादह र स्थानीय तह नखुलेका २–२ र हल्दिबारीमा १ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरि धनकुटाको शहिदभूमीमा ३०, महालक्ष्मीमा १६, धनकुटा नगरपालिकामा १५, साँघुरीगढीमा २ र स्थानीय तह नखुलेका १, ओखलढुङ्गाको मानेभज्याङमा ५५ र शिद्धिचरणमा १, खोटाङको साकेलामा ३२, खोटेहाङमा ५, संखुवासभाको पाँचखपनमा २९, चिचिलामा २, भोजपुरको षडानन्दमा ७ र स्थानीय तह नखुलेका १ जना छन् । 

इलामको इलाम नगरपालिमा २, सुर्योदय र चुलाचुलीमा १–१, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१, पाँचथर, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३८ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५२ हजार २६८ पुगेको छ । संक्रमित भएका मध्ये ३२ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् ।