इटहरी: इटहरीमा निजी क्षेत्रको अगुवाइमा अक्सिजन सहितको ८० शैयाको आइसोलेसन आजबाट संचालनमा आएको छ ।
सिमित ब्यक्तिहरु सहभागी भएर सामान्य कार्यक्रम गरी आइशोलेशन आजबाट सञ्चालनमा आएको घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्धवारिकलाल चौधरीको शुभकामना मन्तब्यसंगै आइशोलेशन आजबाट सञ्चालनमा आएको घोषणा गरे ।
इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा उद्योग वाणिज्य संघ इटहरीको अगुवाईंमा अक्सिजन सहितको आइसोलेसन एक साता अघि नै तयार गरिए पनि आजबाट सञ्चालनमा आएको हो । नेपाल प्रेस युनियन सुनसरी, युवा उद्यमी मञ्च इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर र मारवाडी सेवा समिति इहरीले आइसोलसन संचालनमा साथ दिएका छन् ।
निजी क्षेत्रको पहलमा सञ्चालन भएको सुबिधा सम्पन्न आइशोलेशनले इटहरी नगरबासीलाइ ठुलो राहत मिल्ने नगरप्रमुख चौधरीले बताए । उनले निजी क्षेत्रको यो पहल उदाहरणीय भएको भन्दै प्रशंशा समेत गरे । तीन तल्ले भवनमा सञ्चालित सुबिधा सम्पन्न आइशोलृशनमा प्राविधिक रुपमा डाक्टर र नर्स सहितको सुविधा रहेको छ । पछिल्लो समय सुनसरी सहित आसपासका क्षेत्रमा कोरोना भाइरस संक्रमण तिब्र भएपछि स्थिति नियन्त्रण बाहिर जान नदिनका निजी क्षेत्रको अगुवाइमा आइसोलेसन तयार गरिएको मारवाडी सेवा समिति इहरीका अध्यक्ष मुकेश अग्रवालले बताए ।
स्थानीय तहले निर्माण गरेका कतिपय आशोलेशनमा बिरामी बस्न नमानेको गुनासो बढिरहेको बेला संचालन भएको सुबिधा सम्पन्न यो आइशोलेशनमा संक्रमितलाई खाना र बस्न निःशुल्क रहेको छ । यसका साथै बिभिन्न खेलकुदका सामाग्री, बिभिन्न पुस्तक, उच्च गतिको इन्टरनेट र टेलिभजनको सुबिधा समेत रहेको प्रेष युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । आइशोलेशनमा निशुल्क एम्बुलेन्स सेवाका साथै नोबेल अस्पताल संगको सहकार्यमा ७ सय ५० रुपैयामा पिसिआर जांच गर्ने सुबिधा पनि रहेको अधिकारीले बताए ।
इटहरी उपमहानगरपालिकाले पनि इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन तयार गरेको छ । गत वर्ष एक सय शैया क्षमता संचालित यो आइशोलेशन यस वर्ष ५० शैयामा सीमित गरिएको छ । यस्तो बेला निजी क्षेत्रबाट संचालित आइशोशनले राहत दिने बिश्वास गरिएको उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले बताउनुभयो । महामारीमा सरकारी क्षेत्रको मात्र मुख ताक्ने प्रवृती रहेकोमा निजी तथा सामाजिक क्षेत्रबाट भएको यस्तो कार्यको अन्ततिर पनि अनुशरण गर्न प्रेरणा मिल्ने पौडेलको भनाइ छ ।
कोरोना भाइरस संक्रमणको पहिलो लहर फैलिदा आइशोलेशन तथा क्वारेन्टिन बनाउन स्थानीय तहहरुमा लहड नै थियो । दोस्रो लहर तिब्र रुपमा फैलिदा प्रदेश र स्थानीयको सक्रियता नदेखिएको भन्दै आलोचना भइरहेको छ । स्थानीय र प्रदेश सरकारकै प्रभावकारी भूमिका नरहेका बेला इटहरीमा भने निजी क्षेत्रको नेतृत्वमा आइसोलेशन संचालनमा आउनु सुखद रहेको बताइएको छ ।