विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ८९८ जना कोरोना संक्रमित थपिएका छन् ।
कुल २ हजार २२२ जनाको पीसीआर परीक्षण गरिएकोमा ३८८ महिला र ५१० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यही समयमा ३५३ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २० हजार ३७ पुगेको छ । थप भएका संक्रमितहरुमा मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, ते¥हथुम र इलाममा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३५ जना छन् ।
मोरङको विराटनगरमा ७८ महिला र ९१ पुरुष सहित १६९, सुन्दरहरैचामा ४५, रंगेलीमा २८, कटहरी र बुढीगंगामा १४–१४, पथरीशनिश्चरेमा १३, केराबारीमा १०, उर्लाबारीमा ९, सुनबर्षी र जहदामा ४–४, ग्रामथानमा ३, मिक्लाजुङ, धनपालथान र स्थानीय तह नखुलेका २–२, बेलबारी, रतुवामाई र लेटाङमा १–१ जना रहेका छन् ।
सुनसरीको इनरुवामा १०५, इटहरीमा ७१, देवानगञ्जमा ४०, धरानमा ३१, दुहवीमा १०, रामधुनीमा ८, बराहक्षेत्र र गढीमा ४–४, भोक्राहानरसिह र स्थानीय तह नखुलेका २–२, हरिनगर, बर्जु , कोशी गाउँपालिकामा १–१ जना छन् । झापाको दमकमा ५६, कमल गाउँपालिकामा ७, गौरादहमा ६, भद्रपुरमा ४, विर्तामोड र शिवसताक्षीमा ३–३, मेचीनगरमा २, कचनकवल, बा¥हदशी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि पाँचथरको फिदिममा ५२, फालेलुङ, हिलिहाङ र फाल्गुनन्दमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २०, साँघुरीगढीमा १४, छथरमा १०, पाख्रिवासमा ४, संखुवासभाको चैनपुरमा ३०, खाँदबारीमा ९, मादीमा १, खोटाङको हलेसीतुवाचुङमा १५, भोजपुरको षडानन्दमा ६, भोजपुर नगरपालिकामा १, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा २, स्थानीय तह नखुलेका १, ते¥हथुमको लालीगुराँसमा २, इलामको चुलाचुली र इलाम नगरपालिकामा १–१, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ हजार ६३ पुगेको छ । संक्रमित भएका मध्ये ३३ हजार २१२ जना संक्रमणमुक्त भएका छन् ।