मोरङ: मोरङको सुनवर्षी नगरपालिका ४ स्थित जागीटोल बस्नेमा एक बालिकाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय बल बहादुर ताजपुरीयाकी ८  बर्षीया छोरी सन्तोषी ताजपुरिया रहेकी छिन् । घर पछाडीको पानी जमेको खाल्डोमा डुबेर उनको मृत्यु भएको हो ।

शनिबार बेलुका सँवा ६ बजे बालिका पानीको खाल्डोमा डुबेको उनकै आमाले देखेपछि तत्काल पानीबाट निकालेर घरमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे ईलाका प्रहरी कार्यालय रंगेलीले थप बुझ्ने कार्य भईरहेको जनाएको छ ।