मोरङ: औषधीमा कालोबजारी गरेको आरोपमा विराटनगरबाट एक मेडिकल स्टोर सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर १५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालक ३५ बर्षीय रविकुमार रजक छन् । उनले फिजिसियन स्याम्पलका विभिन्न औषधीहरु अवैधरुपमा घरमा जम्मा गरी झुक्याई बिक्री गर्ने गरेको प्रहरीको भनाई छ । उनलाई आज दिउँसो साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको टोलीले पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईका अनुासर रजकले घरको कोठामा फिजिसियन स्याम्पलका मुटु, पेनकिला, एन्टिबाइटिक, इन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधी र सेनिटाइजरलगायत जम्मा गरि राखेका थिए । उक्त औषधीहरु ४६ कार्टुन, १ बोरा भेटिएको थियो भने ७ कार्टुन लेवलिङ गरेको औषधीका खोलहरु पनि फेला परेको प्रहरीले जनाएको छ । उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा साजय ऐन, २०३१ वमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।