विराटनगर:  प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

संक्रमणमुक्त हुनेमा ४४५ महिला र ५४८ पुरुष रहको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३६ हजार ५६४ जना निको भइसकेका छन् । यसैगरि, पछिल्लो चौबिस घण्टामा ६९७ जना कोराना संक्रमित थपिएका छन् । कुल १ हजार ७०६ जनाको पीसीआर परीक्षण गरिएकोमा २७७  महिला र ४२० पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या २० हजार ६२२ पुगेको छ ।

मोरङमा २५०, झापामा १८०, सुनसरीमा १६३, ते¥हथुममा २५, खोटाङमा २३, धनकुटामा २१, उदयपुरमा ७, इलाममा ६, भोजपुरमा ३, पाँचथर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

मोरङको विराटनगरमा ५१ महिला र ९३ पुरुष सहित १४४, सुन्दरहरैचामा ३०, उर्लाबारीमा १८, केराबारी र रतुवामाईमा १५–१५, बेलबारीमा १४,  पथरीशनिश्चरे र बुढीगंगामा ३–३, मिक्लाजुङमा २, कटहरी, लेटाङ, जहदा, ग्रामथान, रंगेली र स्थानीय तह नखुलेका १–१ जना छन् । 

यस्तै, झापाको भद्रपुरमा ३९, मेचीनगरमा ३४, हल्दिबारीमा २२, दमकमा २०, अर्जुनधारामा १८, विर्तामोडमा १३, शिवसताक्षीमा १०, कमल गाउँपालिकामा ४, कचनकवल, बा¥हदशी र गौरीगञ्जमा ३–३, बुद्धशान्ति र कनकाईमा २–२ र स्थानीय तह नखुलेका ७, सुनसरीको इनरुवामा ७९, इटहरीमा ४३, धरानमा २५, दुहवीमा ५, रामधुनीमा ४, गढीमा ३, कोशी गाउँपालिका, देवानगञ्ज, बराहक्षेत्र र भोक्राहानरसिंहमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि ते¥हथुमको म्याङलुङमा २५, खोटाङको हलेसी तुवाचुङमा २३, धनकुटाको धनकुटा नगरपालिकमा १३, पाख्रिवासमा ३, शहिदभूमी र स्थानीय तह नखुलेका २–२, महालक्ष्मीमा १, उदयपुरको रौतामाईमा २, त्रियुगामा १ र स्थानीय तह नखुलेका ४, इलामको इलाम नगरपालिकामा ५ र चुलाचुलीमा १, भोजपुरको भोजपुर नगरपालिकामा ३, पाँचथरको फिदिम र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५८ हजार ७९ पुगेको छ ।