विराटनगर: सडक दुर्घटनामा आज बिहान सडक दुर्घटनाबाट सुनसरी र ईलाममा २ जनाको मृत्यु भएको छ ।
साँढे ८ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका १० मा पर्ने दाजुभाई चौकमा दक्षिण तर्फ जाँदै गरेको को २ त ८१८७ नम्बरको ट्याक्टरका सहचालकलाई सोही ट्याक्टरको पछाडिको चक्काले किचेर मृत्यु भएको हो । प्रहरीका अनुसार सहचालक खोटाङ साकेला गाउँपालिका १ डाँडागाँउका २२ बर्षीय विष्णु कुमार बस्नेतको पछाडी डालाको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालक ४५ बर्षीय भिम बहादुर कार्की ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीको नियन्त्रणमा रहेको छ ।
त्यस्तै, इलाम नगरपालिका ११ आले चोकस्थित भित्रि सडक खण्डमा बिर्तामोडबाट जितपुरतर्फ जादै गरेको ना २ ख ९२०५ नम्बरको ट्रकले पैदल यात्री ८२ बर्षीय पदम बहादुर तामाङलाई ठक्कर दिँदा घटना स्थलमानै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रक र चालक पाँचथर हिलिहाङ ७ का २३ बर्षीय चन्द्र बहादुर तामाङ प्रहरी चौकी चिसापानी ईलामको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।