धरान: सुनसरीको हरिनगर गाउँपालिका ५ बसन्तपुरबाट अवैध औषधीसहित ३ जना पक्राउ परेका छन् । 

सुनसरीको घुस्कीबाट संखुवासभाको चैनपुर कामदार लिएर जादै गरेको प्र.१-०२-००२ च ४७२७ नम्वरको बोलेरो गाडीलाई  चेकजाँच गर्ने क्रममा अवैध औषधीसहित ३ जना पक्राउ परेको सुनसरी प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा इटहरीका परीक्षण कुवँर, गाडी चालक विजय अधिकारी र हरिनगर ६ का नसिम अन्सारी रहेका छन् । 

उनीहरुको साथबाट अवैध औषधी ट्रमाडोल आइपि ५० एमजीको ३ हजार ४८० क्याप्सुल वरामद भएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।