धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा संखुवासभाको सभापोखरी ३ का ५० बर्षीय पुरुष हुन् । उनको आज दिउँसो साँढे १२ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।

उनका अनुसार मृतकलाई जेठ १३ गते संक्रमण पुष्टि भएको थियो भने जेठ १४ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतकको शवको व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।