धरान: आक्रामक रुपले फैलिरहेको कोरोना महामारीको नियन्त्रण गर्ने उद्देश्यले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालले फाइन केयर थ्री प्लस नामक नामक मेशिन हस्तान्तरण गरेको छ ।

उक्त मेशिन बिहिबार प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरिएको थियो । प्रतिष्ठानका उपकुलपति गिरीले विषम परिस्थितिमा अति उपयोगी हुने भन्दै धन्यवाद दिएका थिए । साथै उनले आवश्यक मेशिन प्राप्त भएको भन्दै लायन्सको कार्यको उच्च प्रशंसा पनि गरे ।

यो मेशिनले कोभिड परीक्षणको साथै कोभिडका विरामीको DDimer,PCT, IL6, CRP पनि परीक्षण गर्न सकिन्छ भने कोभिड ठीक भएर घर फर्किएका विरामीमा पनि पूर्ण रुपले ठीक भए नभएको समेत पत्ता लगाउन सक्नेछ । यो मेशिनको मूल्य ८ देखि ९ लाख पर्ने बताइएको छ । 

यो मेशिन हालसम्म काठमाण्डौंस्थित गंगालाल अस्पताल र विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा मात्र रहेको थियो । ती दुवै अस्पतालमा पनि बि.एस.आर.बायोटेक लैनचौर काठमाण्डौंको सहयोगमा लायन्स क्लब अन्र्तराष्ट्रिय डिस्ट्रिक्टले नै हस्तान्तरण गरेको थियो । बायोटेकका निर्देशक दिपेश भण्डारीका अनुसार महामारीको समयमा देशका विभिन्न ठाउंमा यो मेशिन पु¥याउन सके कोभिड उपचारमा धेरै सहज हुने भएकोले लायन्स मार्फत निःशुल्क सहयोग गरिएको हो । 

lions-covid

लायन्सका जिएटि एरिया लिडर लायन खगेन्द्र सिटौलाले आगामी दिनहरुमा पनि यस्तो मेशिन देशका विभिन्न स्थानमा पु¥याउन प्रयास गर्ने बताए । डिस्ट्रिक्ट गभर्नर इलेक्ट रेवतबहादुर कार्कीले गत बर्ष पहिलो लकडाउनदेखि नै काठमाण्डौं र विराटनगरमा आइसोलेसन सेन्टर स्थापना गर्न, अक्सिजन थेपारी सेन्टर सञ्चालन गर्न सक्रिय रहदै आएको बताए । 

मेशिन हस्तान्तरण कार्यक्रममा लायन्सका पूर्व डिस्ट्रिक्ट गभर्नर अनन्त प्रसाद भेटवालको संयाजन, लायन लिडर धीरज गुरुङ, प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.गुरुप्रसाद खनाल, अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह, कोभिड चीफ प्रा.डा. ज्ञानेन्द्र मल्ल, स्त्रीरोग विभाग प्रमुख डा. रोहित रिजाल(पप्पु), माइक्रोवायोलोजी प्रमुख डा. नारायण भट्टराई, सेकेण्ड भाइस गभर्नर इलेक्ट लायन नरनाथ सापकोटा, लायन लिडरहरु विपिन सुब्बा, टंककुमारी गुरुङ, कबीर भगत प्रधानांग, सुजेन्द्र गोले तामाङ, कमला लिम्वु, शुभव अग्रवाल लगायतको समेत उपस्थिति रहेको थियो ।