धरान: वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त डेपुटी अस्पताल निर्देशक डा.दिव्यराज मिश्रले कार्यभार सम्हालेका छन् ।
डा.मिश्रलाई अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहको सिफारिशमा उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले डेपुटी अस्पताल निर्देशकमा नियुक्त गरेका थिए । नवनियुक्त डा.मिश्रले आजदेखि कार्यभार सम्हालिसकेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । 'डेपुटी अस्पताल निर्देशकको कार्यकाल २ बर्षको हुन्छ, आजदेखि कार्यभार सम्हालिसक्नुभएको छ,' डा.पोखरेलले भने ।
यसअघि उक्त पदको जिम्मेवारी डा.दिलिप ठाकुरले सम्हाल्दै आएका थिए । उनी पछि भने निक्कै महिना यो पद रिक्त रहेको थियो । नवनियुक्त डेपुटी अस्पताल निर्देशक डा.मिश्र पल्मोनोलोजी एण्ड स्लिप मेडिसिन विभागमा एसोसिएट प्रोफेसर पदमा कार्यरत छन् ।