धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा सुनसरीको बराहक्षेत्रकी एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । 

प्रतिष्ठानका अनुसार मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका ४ की ६० बर्षीय वृद्धा छिन् । उनको आज बिहान ७ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । 

उनका अनुसार मृतकलाई जेठ २० गते संक्रमण पुष्टि भएको थियो भने जेठ २२ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ ।