धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ बेलबारी ४ की ४० बर्षीया महिला छिन् । उनको आज बिहान ८ बजेर ४७ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतकलाई हिजो कोरोना संक्रमण पुष्टि भएको थियो भने आज प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन गरिएको पनि प्रतिष्ठानले जनाएको छ ।