विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ७३३ जना संक्रमणमुक्त भएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार ३०० महिला र ४३३ पुरुष संक्रमणमुक्त भएको हो । प्रदेश १ मा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ३७२ पुगेको छ । यस्तै, ५४० जना कोरोना संक्रमित थपिएका छन् । झापामा १९७, सुनसरीमा १८८, मोरङमा १०२, संखुवासभामा १८, धनकुटामा १३, इलाममा ७, उदयपुरमा ३, भोजपुरमा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या १९ हजार १७७ रहेको छ ।
झापाको भद्रपुरमा ५२, बुद्धशान्तिमा ३३, विर्तामोडमा ३०, दमकमा १५, मेचीनगर र अर्जुनधारामा १३–१३, कनकाई र शिवसताक्षीमा ११–११, कमल गाउँपालिकामा ७, कचनकवलमा ६, हल्दिबारीमा ३, गौरीगञ्जमा २, स्थानीय तह नखुलेका १ जना छन् । सुनसरीको इटहरीमा १०३, धरानमा ५०, हरिनगर र स्थानीय तह नखुलेको ७–७, बराहक्षेत्रमा ६, दुहवीमा ४, रामधुनीमा ३, देवानगञ्ज, इनरुवा र बर्जुमा २–२, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ जना रहेका छन् ।
मोरङको विराटनगरमा ६२, कानेपोखरीमा २१, कटहरीमा ६, बुढीगंगामा ३, ग्रामथान र बेलबारीमा २–२, धनपालथान, उर्लाबारी, जहदा, रतुवामाई, रंगेली र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ भने संखुवासभाको चैनपुमा १२ र मादीमा ६, धनकुटाको पाख्रिवासमा ८, धनकुटा नगरपालिकामा ४, महालक्ष्मीमा १, इलामको इलाम नगरपालिकामा ५, सुर्योदय र माईमा १–१, उदयपुरको त्रियुगा, बेलका र स्थानीय तह नखुलेका १–१, भोजपुरमा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ५२६ पुगेको छ ।