धरान: सफाईकर्मीको निधनमा धरान उपमहानगरपालिकाले आज शोक विदा दिएको छ । 

सरसफाई शाखामा कार्यरत सफाईकर्मी बाबुराम पौडेलको हिजो दिउँसो फोहोर विर्सजन गर्न जाने क्रममा ट्याक्टरबाट खसेर मृत्यु भएको थियो । उनको निधनमा उपमहानगरपालिकाले आज एक दिन शोक विदा दिने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जारी गरेको सुचनामा उल्लेख छ । अत्यावश्यक सेवाबाहेक नगर कार्यपालिकाको कार्यालय र मातहतका सबै कार्यालयहरु बन्द रहने सुचनामा उल्लेख छ । 

1 2