विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ५५७ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा २३२ महिला र ३२५ पुरुष रहेका छन् । हालसम्म संंक्रमणमुक्त हुनेको संख्या ४९ हजार ७९५ पुगेको छ । यस्तै, चौबिस घण्टाको अवधिमा ३८५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७७, सुनसरीमा ९१, मोरङमा ८०, संखुवासभामा ७, इलाममा ६, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, तेह्रथुम र खोटाङमा १–१, प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएका मन्त्रालयले जनाएको छ । 

झापाको विर्तामोडमा ५४, भद्रपुरमा ३४, मेचीनगरमा १९, दमकमा १७, अर्जुनधारामा २२, शिवसताक्षीमा ९, कनकाईमा ८, बुद्धशान्तिमा ८, हल्दिबारी र कमल गाउँपालिकामा ४–४, बाह्रदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, कचनकवल र गौरादहमा १–१ जना छन् । यता, सुनसरीको धरानमा ३९, इटहरीमा ३१, रामधुनीमा ५, दुहवी र बराहक्षेत्रमा ३–३, बर्जुमा २, इनरुवा र भोक्राहानरसिंहमा १–१ र स्थानीय तह नखुलेका ६ जना छन् । 

मोरङको विराटनगरमा ५८, सुन्दरहरैचामा ८, उर्लाबारी र स्थानीय तह नखुलेका २–२, लेटाङ, रंगेली, कानेपोखरी, कटहरी, मिक्लाजुङ र बेलबारीमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यसैगरि संखुवासभाको पाँचखपन र चौनपुरमा ३–३, खाँदबारीमा १, इलामको इलाम नगरपालिकामा २, चुलाचुली, माईजोगमाई, सुर्योदय र स्थानीय तह नखुलेका १–१ जना छन् । 

पाँचथरको फिदिममा ३, फाल्गुनन्दमा १, धनकुटाको धनकुटा नगरपालिकामा २, ताप्लेजुङ, तेह्रथुम र खोटाङमा १–१, प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएका मन्त्रालयले जनाएको छ । हालसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ हजार ४४२ पुगेको छ । संक्रिय संक्रमितको संख्या १५ हजार ५५६ रहेको छ ।