धरान: लिबरल सोसाइटी क्लब इटहरीले धरानमा कोरोना संक्रमितको घरमा संक्रमणको जोखिम न्युनीकरण गर्न सेनिटाइज गरेको छ । 

कोरोना संक्रमणलाई न्युनीकरण गर्ने उद्देश्यले लिबरल सोसाइटीले धरान वडा नं १६ का एक दर्जन संक्रमितको घरमा पुगेर मंगलबार सेनिटाइज गरेको हो । ती घरहरुलाई सेनिटाइज गर्न सोसाइटीकी सदस्य तथा सामाजिक अभियन्ता मनिषा श्रेष्ठ खटिएकी थिइन् । पिपिई लगाएर खटिएकी श्रेष्ठले धरान १६ को १२ घरलाई नै सेनिटाइज गरेको सोसाइटीका सल्लाहकार सुरेश गुरुङले जानकारी दिए । 

lib

लिबरल क्लब इटहरी उपमहानगपालिका वडा नं २० तरहराका युवाहरु मिलेर स्थापना गरेको हो । ती युवाहरु संक्रमण रोकथाम गर्न र संक्रमितहरुलाई हेला होइन, माया र हौसला प्रदान गर्नुपर्छ भनेर विभिन्न अभियान चलाइरहेका छन् । सोही अनुसार उनीहरुले संक्रमितको घरमा गएर सेनिटाइज गर्ने, पौष्टिक आहार, मास्क, सेनिटाइज प्रदान गर्ने गरेका छन् भने चोक चोकमा चेतनामुलक हेडिंग बोर्ड पनि राख्ने गरेका छन् । साथै, संक्रमितको घर घरमा डाक्टर लिएर पनि जाने गरेका छन् । सल्लाहकार गुरुङले आउदा दिनहरुमा पनि थप यो कार्यलाई निन्तरता दिने बताए ।