विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा १ हजार २९९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४ पुरुष रहेका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५२ हजार ३७३ पुगेको छ । यसैगरि, ३९३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, ते¥हथुममा १३, उदयपुरमा ९, इलाममा ७, संखुवासभा र धनकुटामा ३–३, भोजपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ८३, सुन्दरहरैचामा २०, उर्लाबारीमा ६, पथरीशनिश्चरे र बेलबारीमा ५–५, केराबारी र लेटाङमा ४–४, मिक्लाजुङ, कटहरी, रंगेली र बुढीगंगामा ३–३, रतुवामाई र ग्रामथानमा २–२, कानेपोखरी र जहदामा १–१ जना संक्रमित थपिएका छन् । सुनसरीको धरानमा ४५, इटहरीमा ३०, दुहवीमा ४, बराहक्षेत्रमा ३, देवानगञ्ज, रामधुनी र इनरुवामा २–२, गढी कोशी गाउँपालिका र बराहक्षेत्रमा १–१ जना थपिएका छन् ।
झापाको विर्तामोडमा १५, हल्दिबारीमा १०, मेचीनगर र कनकाईमा ८–८, अर्जुनधारा र दमकमा ६–६, भद्रपुर र शिवसताक्षीमा ४–४, कमल गाउँपालिकामा २, कचनकवल, बुद्धशान्ति, बा¥हदशी र गौरादहमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यसैगरि पाँचथरको फिदिममा ३९, ते¥हथुमको म्याङलुङमा १३, उदयपुरको कटारी र चौदण्डीगढीमा ३–३, त्रियुगामा २ र बेलकामा १, इलामको सुर्योदय र रोङमा २–२, इलाम नगरपालिका, चुलाचुली र माईमा १–१ जना छन् ।
संखुवासभाको खाँदबारी, मादि र चैनपुरमा १–१, धनकुटाको धनकुटा नगरपालिकमा २ र छथरमा १, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ६७ हजार २२८ पुगेको छ । संक्रिय संक्रमितको संख्या १३ हजार ७८३ रहेको छ ।