धरान: धरान उपमहानगरपालिकाले कृषकहरुलाई कालो बंगुरको पाठा/पाठी वितरण गरेको छ । 

उपमहानगरले २५ जना कृषकहरुलाई प्रतिव्यक्ति ४ वटाका दरले १ सय वटा कालो बंगुरको पाठा/पाठी वितरण गरेको हो । धरान १३ स्थित कृषि उपज बजारमा आज एक कार्यक्रमको आयोजना गरि धरानका मेयर तिलक राईले कृषकहरुलाई कालो बंगुरको पाठा÷पाठी  वितरण गरे । मेयर राईले कृषकहरुलाई उपयुक्त खोर बनाउन सुझाव दिदै बंगुरको पाठा/पाठी  लगेर नमास्न पनि आग्रह गरे । उनले कृषकहरुलाई प्राविधिक ज्ञान र सहयोग रहने उल्लेख गर्दे बेला बेलामा कृषि शाखाका प्राविधिकहरुलाई बोलाएर परामर्श लिन पनि आग्रह गरे । 

उपमहानगरले बेला बेला अनुगमन पनि गर्ने मेयर राईको भनाई थियो । ‘अनुगमनमा हामीले दिएको बंगुरको पाठा÷पाठी खोरमा भेटिएन भने तपाईहरुलाई कारबाही पनि हुन्छ । जरिवाना पनि हुन्छ,’ मेयर राईले भने । हरेक किसानले राज्यबाट अनुदान लिएपछि आफ्नो वरिपरिको छिमेकीहरुलाई प्राविधिक ज्ञान, सीपहरु हस्तान्तरण गर्न पनि उनले सुझाएका थिए । किसानहरु ठिक ढंगले हिडेमा स्थानीय सरकार, प्रदेश र केन्द्रिय सरकारले आवश्यक परेको बेला अनुदान दिने मेयर राईले बताए । ‘हामी कालो बंगुरको प्रर्वद्धन गर्ने, ऐन कानुन बनाउउछौं, हामीले तिनपाने रक्सिलाई पनि जोडेका छौं, हामीप् जाँड, रक्सि पार्छौ, त्यसैको कट (छोक्रा) सुंगुरलाई दिन्छौं ।’ 

यो बर्ष ईटहरीबाट बंगुरको पाठा÷पाठी ल्याएर धरानमा वितरण गरिएको हो । अर्को वर्ष वितरण गर्दा धरानमै उत्पादन भएको बंगुरको पाठा/पाठी वितरण गर्नुपर्नेमा मेयर राईले जोडदिए । पशु शाखाका अनुसार यस भन्दा अघि २५ जना कृषकहरुलाई एक सय वटा बंगुरको पाठा/पाठी वितरण भइसकेको छ । दोश्रो चरण अन्तर्गत आज धरान वडा नं. ६ चौकीडाँडा बंगुर पालन कृषक समुह, वडा नं. ४ का खैरेनीटार बंगुर पालन कृषक समुहका २५ जना कृषकलाई छनौट गरेर एक सय वटा बंगुरको पाठा/पाठी वितरण गरिएको पशु शाखाले जानकारी द्यिएको छ । पहिलो चरण अन्तर्गत पत्रंगबारी बंगुर पालन कृषक समुहका छुटेका ५ जना कृषकलाई पनि आज बंगुरको पाठा÷पाठी वितरण गरिएको  पशु शाखाले जनाएको छ ।