धरान: कोभिड संक्रमणको अझै पुर्णरुपमा नियन्त्रण नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले मोरङमा थप एक साता निषेधाज्ञा जारी गरेको छ । 

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले असार १४ गते मध्यराती १२ बजेसम्म निषेधाज्ञा जारी गरेका हुन् । आज मध्यराती १ बजेदेखि लागु हुने गरि थप गरिएको निषेधाज्ञा अवधिमा स्वास्थ्य मापदण्ड अपनाएर सबै प्रकारका पसलहरु बिहान ५ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्न पाउने प्रशासनले जनाएको छ । 

निषेधाज्ञा अवधिमा मोरङमा अत्यावश्यक सेवा बाहेक सम्पुर्ण सेवा, सरकारी कार्यालय तथा सेवाहरु भने बन्द हुनेछन् । गुद्री बजार, हाट बजार, सब्जीमण्डी, होटल, रेष्टुरा, पार्टी प्यालेस पनि बन्द हुनेछ भने सैलुन, ब्युटीपार्लर, जिमखना, फुटसल, रंगशाला, कभर्ड हल र लामो तथा छोटो दुरीको निजी, भाडाका सार्वजनिक यातायातहरु पनि बन्द हुनेछन् । बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिडडुल गर्न पनि प्रशासनले रोक लगाएको छ । 

1 32 23 1