विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ७१३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा ३४६ महिला र ३६७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ८५८ पुगेको छ । यसैगरि, ४२७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६१, मोरङमा १२४, झापामा १०९, उदयपुरमा १०, धनकुटामा ५, इलाममा ४, ताप्लेजुङमा ३, पाँचथरमा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ८ जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ७४, धरानमा ५०, इनरुवामा २५, रामधुनीमा ५, गढी र बर्जुमा २–२, दुहवी,  बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जना छन् । मोरङको विराटनगरमा ७२, बेलबारीमा १३, केराबारीमा ११, पथरीशनिश्चरेमा ७, उर्लाबारमिा ५, सुन्दरहरैचा र लेटाङमा ४–४, रंगेली र कटहरीमा २–२, ग्रामथान, मिक्लाजुङ, जहदा र स्थानीय तह नखुलेका १–१ जना छन् । 

झापाको दमकमा ५९ विर्तामोडमा २२, भद्रपुरमा १०, मेचीनगरमा ७, शिवसताक्षी, अर्जुनधारा  र स्थानीय तह नखुलेका २–२, बा¥हदशी, हल्दिबारी, बुद्धशान्ति, कनकाई र गौरादहमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यसैगरि उदयपुरको कटारीमा ८, बेलका र त्रियुगामा १–१ जना छन् भने धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मी र पाख्रिवासमा १–१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र माईजोगमाईमा १–१, ताप्लेजुङको फुङलिङमा १ र स्थानीय तह नखुलेका २ जना छन् । 

यस्तै, पाँचथरमा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका  ८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ६९ हजार २२४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार २३६ रहेको छ ।