धरान: धरानमा कोरोना संक्रमित थप एक वृद्धको मृत्यु भएको छ ।
प्रतिष्ठानका अनुसार धरान वडा नं ११ का ७५ बर्षीय वृद्धको मृत्यु भएको हो । उनको कोभिड अस्पतालमा गए राती १० बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । मृतक उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगीसमेत थिए । उनलाई असार ७ गते संक्रमण पुष्टि भएको थियो भने १० गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव पनि नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।