विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २२७ जना कोरोना संक्रमित थपिएका छन् ।
कुल ६६० जनाको पीसीआर परीक्षण गरिएकामा १०३ महिला र १२४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितहरु सुनसरीमा १०७, मोरङमा ७८, झापामा २८, धनकुटा र उदयपुरमा ३–३, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको हो ।
यसैगरि, चौबिस घण्टाको अवधिमा ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ३६९ पुगेको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१, सुनसरीमा २७, रामधुनी र दुहवीमा ३–३, बराहक्षेत्र, इनरुवा र स्थानीय तह नखुलेका १–१ जना संक्रमित थपिएका छन् ।
मोरङको विराटनगरमा ४१, पथरीशनिश्चरे र केराबारीमा १३–१३, मिक्लाजुङ र रतुवामाईमा ३–३, सुनबर्षीमा २, धनपालथान, बेलबारी र सुन्दरहरैचामा १–१ जना छन् । झापाको दमकमा ९, भद्रपुरमा ८, हल्दिबारी, मेचीनगर र विर्तामोडमा ३–३, अर्जुनधारा र बा¥हदशीमा १–१ जना छन् भने धनकुटाको धनकुटा नगरपालिकामा २ र छथरमा १ जना छन् ।
उदयपुरको बेलका, उदयपुरगढी र स्थानीय तह नखुलेका १–१, ते¥हथुममा १ र र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७० हजार १९१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ हजार ६४९ रहेको छ ।