धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।
धरान वडा नं १८ का ७२ बर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । उनको आज दिउँसो ३ बजेर १७ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतकलाई उच्च रक्तचापको समस्या पनि थियो ।
मृतकलाई असार ३ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।